Comments Add Comment

नेपालका कोरोना संक्रमित १६ जना

२ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुगेको छ । पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १६ पुगेको हो ।

बेलायतबाट आएका एकै परिवारका तीन जनामा बैशाख १ गते आरडीटी (र्‍यापिड डाइग्नोष्टिक) विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

पाटन अस्पतालमा पिसिआर विधि (स्वाब नमुना परीक्षण) बाट थप परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

एक जनाको पहिलो रिपोर्टमा पोजेटिभ नदेखिएको र अर्को रिपोर्ट आउन भने बाँकी रहेको छ । उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रवक्ता डा. देवकोटाले बताए ।

अहिले कैलालीमा ५, वीरगञ्जमा ४, बागलुङमा २ जनाको उपचार भइरहेको छ । यसैगरी राष्ट्रिय प्रयोगशाला टेकुमा २ र पाटन अस्पतालमा २ जनाको उपचार भइरहेको छ । एकजना उपचारपछि घर फर्किसकेका छन् ।

सरकारले परीक्षणको दायर फराकिलो बनाएको बताएको छ । अहिलेसम्म स्वाव नमुना परीक्षण (पीसीआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ मा ५ सय ८४ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा मा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताए । यो प्रयोशालाबाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १ सय ९७ वटा परीक्षण भएका छन् । र्‍यापिड डाइग्नोष्टिक विधि (आरडीटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

र्यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तीब्रता दिइएको छ । देशभरि नै किट वितरण गरिए पनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment