+
+
Shares

नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

रासस रासस
२०७७ वैशाख ३ गते १७:१५

लहान । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ ।

नगरपालिका कार्यपालिकाको बैठकले कोभिड-१९ को संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका लागि २० लाख रूपैयाँको स्वास्थ्य बिमा गर्ने निर्णयसमेत गरेको नगरप्रमुख गङ्गा पासवानको भनाइ छ ।

नगरप्रमुख पासवानका अनुसार, नगरपालिकाले विभिन्न वडाका अति विपन्न, दलित दुई हजार परिवारलाई परिवार संख्याको अनुपातमा चार जनासम्मको परिवारलाई प्रतिपरिवार २० किलो चामल, तीन किलो आलु, दुई किलो दाल, एक लिटर तेल र आधा केजी सोयाबिन तथा चार जनाभन्दा बढी परिवार सङ्ख्या भएका परिवारलाई प्रतिपरिवार त्यसको दोब्बरका दरले राहत वितरण गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?