Comments Add Comment

लकडाउन खुकुलो भएर स्कुल खुल्दा कक्षाकोठामा प्रधानमन्त्री !

प्रावि तहको स्कुल खुलेपछि निरीक्षण गर्दै डेनमार्ककी प्रधानमन्त्री मेटृटे फेडेरिक्सन ।

४ वैशाख, कोपनहेगन । एक महिनादेखि बन्द रहेका डेनमार्कका डे केयर र प्राथमिक तहका स्कूलहरु बुधवारबाट खुलेका छन् । विद्यालय खुले पनि विद्यार्थीको संख्या न्यून छ ।

कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणका कारण गत मार्च १६ बाट डेकेयर, बिद्यालय र कलेजहरु बन्द थिए ।

लकडाउनलाई खुकुलो पार्दै लाने निति अनुसार डेनमार्क सरकारले पहिलो चरणमा डेकेयर, प्रावि तह र फ्रिडिसियम (स्कूल सकिएपछि लाने ठाउँ ) लाई खुला गरेको हो ।

डेकेय, फ्रिडिसियम र स्कूल खुला गरे पनि विद्यार्थीको सहभागिता भने पहिलो दिन न्यून देखियो । केही स्कूलमा विद्यार्थी नै नआएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

‘हाम्रो कक्षामा ७० जना बिद्यार्थी आउनु पर्ने हो ’ एक शिक्षक हेनरिकले भने ‘आज (पहिलो दिन) एक जना बिद्यार्थी आएका छन् ।’ ती एकजना विद्यार्थीलाई दुईजना शिक्षकले खेलको माध्यमबाट पढाइरहेका थिए । ती विद्यार्थी शून्य कक्षामा पढ्छन् ।

स्कूलहरुमा बिद्यार्थी र शिक्षक बस्ने, खाने लगायतका स्थानहरुमा दुइ मिटरको दुरी कायम गरिएको छ । ५ जना भन्दा बढी बिद्यार्थीलाई समूहमा खेल्न दिइने छैन । बिद्यार्थीहरुलाई पुर्‍याँउन जाने अविभावकहरुलाई स्कूलको गेटभन्दा भित्र जान दिइएको छैन । डिसइन्फेक्सन तथा सेनिटाइजर व्यवस्थित गरिएको छ ।

दुई दिनपछि शनिबार र आइतबारको नियमिम बिदा परेकाले विद्यार्थी कम आएका जनाउँदै ती शिक्षकले सोमबारदेखि बिद्यार्थीको संख्या बढ्ने बताए ।

साना बिद्यार्थीहरुकोमात्र स्कूल खुला गरिएको भन्दै कतिपय अविभावकले सरकारको निर्णयलाई बिरोध गरेका छन् । सरकारले गरेको निर्णयहरुलाई हत्तपत्त बिरोध नगर्ने डेनमार्कका नागरिकहरुले यो निर्णयलाई भने सामाजिक संजालमा समूह बनाएर बिरोध गरे ।

लक डाउनका कारण छ कक्षामाथिको बिद्यालय र कजेजहरु भने बन्द छन् । लकडाउन भए पनि डेनमार्कमा सार्बजनिक यातायातका साधनहरु, सरकारी कार्यालयहरु खुला छन् ।

कार्यालयहरु खुला गरिएपनि डेकेयर, फ्रिडिसियम, बिद्यालय बन्द हुँदा साना बच्चा हुने कर्मचारीहरु कार्यलय जान पाउँदैनन् । १२ बर्ष मूनिका बालबालिकालाई एक्लो छोड्न मिल्दैन ।

डेकेयर, फ्रिडिसियम र प्राबि तह खुलेपछि कर्मचारीहरु पनि कार्यालय जान बाध्य हुनेछन् । सामान्यतया डेकेयरमा एक बर्षदेखि पाँच बर्षसम्मका बालबालिका जान्छन् । डेकेयर बिहान ६ देखि साँझ ५ बजेसम्मखुल्छ ।

स्कूल जाने बिद्यार्थीहरु बिहान आठ बजेदेखि दिउँसो साँढे १ बजेसम्म औपचारिक पढाइमा हुन्छन् । त्यसपछि उनीहरु शिक्षकको साथमा फ्रिडिसियम जान्छन् ।

पढाइसकेपछि सबै बिद्यार्थीका अविभावक घरमा हुँदैनन् । यस्ता बिद्यार्थीहरुलाई लक्ष्य गरि तयार गरिएको फ्रिडिसियममा सबै बिद्यार्थीहरु जान्छन् । १ बजेदेखि खुला हुने फ्रिडिसियम ५ बजे बन्द हुन्छ ।

बच्चाहरु कोरोना भाइरसबाट कम संक्रमित हुने र कर्मचारीलाई काममा फर्काउनका लागि पनि पहिलो चरणमा डेकेयर, प्रावि तह र फ्रिडिसियय खुला गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment