Comments Add Comment

‘२ नम्बरी’को छायांकन मिस गर्दै पल

लकडाउनका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई पाँच लाख बराबरको खाद्यान्न सहयोग गरेपछि नायक पल शाह यतिबेला चर्चामा छन् ।

लकडाउन सुरु हुनु अघि उनी चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त थिए । यो चलचित्रको छायांकन सुरु भएको केही दिनमै लकडाउन सुरु भयो । जसले गर्दा यसको छायांकन समेत रोकियो ।

किरण नेपालीको लगानीमा तयार भइरहेको यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् ।

पलले भने चलचित्रको छायांकनकाे समयलाई सम्झिरहेको बताएका छन् । नायिका वर्षा राउतसँगको तस्वीर सामाजिक सञ्जा‍लमा सेयर गरेका पल फेरि काममा फर्किन चाहन्छन् भन्ने बुझ्न सकिन्छ ।

यो चलचित्रमा पल र वर्षाको जोडी जम्दैछ। चलचित्रमा नायक दयाहाङ राइको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment