Comments Add Comment

धार्चुलामै आमाको किरिया बसेका व्यक्तिलाई घर ल्याइँदै

भारतको धार्चुलास्थित आश्रयस्थलमा रहेका नेपाली ।

४ वैशाख, काठमाडौं । आमाको मृत्यु भए पनि लकडाउनका कारण भारतको धार्चुलामा रोकिएका एक नेपाली घर आउन पाउने भएका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्ट आमाको मृत्यु हुँदा पनि स्वदेश फर्किन नपाएपछि भारतको धार्चुलास्थित आश्रय स्थलमा नै किरिया बसेका थिए ।

भट्टबारे समाचार प्रकाशमा आएपछि गृह मन्त्रालयले उनलाई घर फर्काउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । निर्देशनलगत्तै जिल्ला प्रशासनले उनलाई घर पुर्‍याउने तयारी गरेको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भट्टलाई आजै घर पुर्‍याउने व्यवस्था गरिने बताए । उनलाई घर पुर्‍याउन शैल्यशिखर नगरपालिकाको टोली गाडीसहित गएको उनले जानकारी दिए ।

लकडाउन घोषणा गरेपछि दार्चुलापारि धार्चुलामा साढे पाँच सयभन्दा बढी नेपाली रोकिएका छन् । त्यहाँ रोकिएका नेपालीलाई घर फिर्ता गर्न चौतर्फी दबाब परे पनि सरकारले आनाकानी गर्दै आएको छ ।

घर फर्कन नपाएका ती नेपाली अहिले भारतको आश्रयस्थलमा बसेका छन् । नेपालीहरूले खानेबस्ने न्यूनतम सुविधा नभएको भन्दै गुनासो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment