Comments Add Comment

राज्य व्यवस्था समितिको बैठक बोलाउन डिला संग्रौलाकाे माग

४ वैशाख, काठमाडौं । सांसद डिला संग्रौलाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको भर्चुअल बैठक तत्काल बोलाउन माग गरेकी छन् ।

कोरोना भाइरसविरुद्धको लडाइँमा सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन आवश्यक देखिएको भन्दै उनले समिति सभापति शशि श्रेष्ठसमक्ष बैठक डाक्न माग गरेकी हुन् ।

टेस्ट गर्न भनेर ल्याइएका उपकरणहरूको विश्वसनीयतामाथि नै प्रश्न उठेकाले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन समिति बैठक आवश्यक भएको सांसद संग्रौलाको भनाइ छ ।

भौतिक रुपमा उपस्थित हुन सम्भव नभए उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल बैठक गर्न उचित हुने संग्रौलाको सुझाव छ ।

स्वास्थ्य मन्त्रालयमा कमिसनको हिसाब–किताबमा लागिरहँदा देशभरका स्वास्थ्यकर्मीहरू व्यक्तिगत सुरक्षा उपकरणविनै खटिरहेकाले उचित सामग्रीको प्रवन्ध गर्न पनि उनले सरकारलाई आग्रह गरेकी छन् ।

लकडाउनपछि कैयन बाटोमा अलपत्र परेकाले तीनवटै सरकारको समन्वयमार्फत तिनलाई घरसम्म पुर्‍याउने  व्यवस्था मिलाउन पनि उनले सरकारकाे ध्यानाकर्षण गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment