+
+
Shares

कैलालीमा फेरि अर्की किशोरीमाथि सामूहिक बलात्कार

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ वैशाख ३ गते २०:०५

३ वैशाख, कैलाली । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए ।

उनीहरूमाथि बलात्कार मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको उनले जानकारी दिए ।

यसअघि मंगलबार कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि पनि सामूहिक बलात्कार भएको थियो । सो घटनामा संलग्नताको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?