+

बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा

२०८२ वैशाख  २४ गते ३:४० २०८२ वैशाख २४ गते ३:४०
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा

२४ वैशाख, काठमाडौं । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मध्यराति भएको रोमाञ्चक सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-३ ले हराउँदै इन्टर समग्रमा ७-६ को जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

पहिलो हाफमा २ गोलको अग्रता लिएपनि बार्सिलोनाले दोस्रो हाफमा २ गोल फर्काउँदै खेल बराबरी‌ गरेको थियो भने खेल सकिन लाग्दा पुन: दुवै टोलीबाट गोल भएपछि खेल ३-३ को बराबरी हुँदै अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको २१औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा हाकान कान्हानोग्लुले पेनाल्टीमा‌ गोल गर्दै अग्रता दोब्बर पारे ।

बार्सिलोनाका लागि ५४औं मिनेटमा एरिक गार्सिया तथा ६०औं मिनेटमा डानी ओल्मोले हेडर गोल‌‌ गरेपछि खेल बराबरीमा आएको थियो ।

त्यसपछि ८७औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई जितको नजिक पुर्याए पनि इन्जुरी समयमा फ्रान्सेको असेर्बीले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए ।

त्यसपछि थपिएको अतिरिक्त समयको ९९औं मिनेटमा डेभिड फ्राटेसीले गोल गरेपछि इन्टरले खेलमा फेरि अग्रता लियो । त्यसपछि थप गोल नहुँदा बार्सिलोनाको शानदार प्रदर्शनसहितको यात्रा सेमिफाइनलमै टुंगिएको हो ।

इन्टरले उपाधिका लागि पिएसजी र आर्सनलबीचको विजेतासँग खेल्ने छ ।

युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय