Comments Add Comment

अमेरिकाले मान्छे मारिरहेको दुनियाँलाई थाहा छ : इरान

४ वैशाख, काठमाडौं । कोरोनाको महामारीको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आर्थिक सहायता रोक्ने अमेरिकाको निर्णयको इरानले कडा शब्दमा विरोध गरेको छ । कोरोनाबाट धेरै मानिसहरुको मृत्यु हुनुको दोष अमेरिकाले डब्लुएचओलाई लगाएको बेला इरानले भनेको छ- अमेरिकाले मान्छे मार्छ भन्ने कुरा विश्वलाई थाहा छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले ट्वीटरमा लेखेका छन्, ‘महामारीको बीच डब्लुएचओको आर्थिक सहायता लज्जास्पद तरिकाले रोकियो । इरानले बुझिसकेको कुरा अब विश्वले बुझ्दैछ । इरानले प्रत्यक्ष भोगेको छ । तर्साउने, धम्काउने र अहंकारयुक्त कुरा गर्ने अमेरिकी शासनलाई केबल उसको बानी भन्न सकिँदैन बरु उसले मानिसहरुको हत्या गर्दै आएको विश्वलाई थाहा छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोराना भाइरस संक्रमणको महामारी फैलिनुमा डब्लुएचओ दोषी रहेको भन्दै उसलाई दिँदै आएको आर्थिक सहायता रोक्न निर्णय गरेका थिए ।

ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाएका छन् । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताए ।

अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर आर्थिक सहायता उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment