+
+
Shares

डाक्टर कुटपिट प्रकरण: महाराजगञ्जका डीएसपी रानीपोखरी तानिए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १२:४६

४ वैशाख, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो ।

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानबिनका लागि रानीपोखरी बोलाइएको बताए ।


बुधबार साँझ भएको घटनाबारे छानबिनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।

समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको थियो । तर, समितिले अनुसन्धान थाल्नु अगावै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?