0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

एआईजी बढुवा भएका पोखरेलको मानव स्रोत विभागमा पदस्थापन

बढुवा भएका पोखरेलले सोमबार एआईजीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्को निर्णय अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अन्जनीकुमार पोखरेलको मानव स्रोत विभागमा पदस्थापन भएको छ ।
  • मानव स्रोत विभागका एआईजी नारायणदत्त पौडेल आईजीपी बनेपछि उक्त विभाग रिक्त रहेको थियो ।
  • पदोन्नति हुनुभएका एआईजी पोखरेलले सोमबार दर्ज्यानी चिह्न प्राप्त गर्नुभएको छ ।

२६ जेठ, काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका अन्जनीकुमार पोखरेलको मानव स्रोत विभागमा पदस्थापन भएको छ ।

मन्त्रीपरिषद्ले एआईजी पोखरेललाई मानव स्रोत विभागमा पदस्थापन गरेको हो । मानव स्रोत विभागका एआईजी नारायणदत्त पौडेल आईजीपी बनेपछि उक्त विभाग रिक्त थियो ।

बढुवा भएका पोखरेलले सोमबार एआईजीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?