News Summary
Generated by OK AI. Editorially reviewed.- हास्य कलाकार सीता न्यौपानेले चौथो काठमाडौँ कलिङ साहित्य महोत्सवमा महिलाको सम्मान र समान अवसरको पक्षमा आफ्नो स्पष्ट धारणा बताइन्।
काठमाडौँ । हास्य कलाकार सीता न्यौपाने नेपाली कमेडी क्षेत्रमा सक्रिय र स्थापित कलाकार हुन् । स्ट्यान्डअप कमेडी र टेलिभिजन कार्यक्रममार्फत दर्शकमाझ परिचित छिन् । पुरूष कलाकारहरूको बाहुल्य रहेको नेपाली कमेडी क्षेत्रमा उनले आफ्नै पहिचान बनाएकी छन्।
कलाकार न्यौपाने दर्शकलाई हँसाउने कलाकार मात्र होइन्, महिलासम्बन्धी रूढिवादी सोच र विभेदविरुद्ध खुलेर आवाज उठाउने सशक्त व्यक्तित्व पनि हुन् । उनले कमेडी क्षेत्रमा महिलाको सहभागिता, समान अवसर र लैङ्गिक संवेदनशीलताका विषयमा खुलेर आफ्ना धारणा राख्दै आएकी छन् ।
कमेडीमार्फत समाजका विभिन्न पक्षमाथि प्रश्न उठाउँदै आएकी उनले चौथो काठमाडौं कलिङ साहित्य महोत्सवमा ‘पुरानो हासो नयाँ जोक्स’ शीर्षकमा भएको छलफल कार्यक्रममा महिलाको सम्मान र समान अवसरको पक्षमा धारणा राखेकी छन्।
उनै सीताले राखेको विचारको सम्पादिन अंश:
यो महिलाहरूलाई फेसबुकमा हालेर दुई चार डलर पाउँछु कि भन्ने आस छ मान्छेहरूलाई, बुढो भए पनि। महिलाहरूलाई लिएर अझै पनि हाँसोको पात्रहरू बनिरहेको हुन्छ समाजमा । हाम्रो कमेडी क्षेत्रमै हेरौं न, सुन्ताला स्याउ हालेर लेडिज बनेर । अनि जोकहरूमै धेरै ठाउँमा मैला भन्ने । लेडिज भनेको फोहोरमैला नै भन्ने । फोहोर महिला भन्ने कुराहरू मेरो मनमा पहिलेदेखि पर्थ्यो । यो फिल्डमा आउनुको कारण पनि यही हो ।
म शारीरिक बनोट अनुसार केटी भए पनि दिमाग चाहिँ मेरो केटाजस्तो छ । म डराउँदिन । बोल्दिन्छु यो कुरो भएन, यो ठिक हुँदैन भनेर । लेडिजहरूलाई यो क्यारेक्टराइज गरेर अनि हासोँको पात्र बनाउने, उडाउने गर्नु ठिक होइन जस्तो लाग्छ । त्यही भएर यी कुराहरू रोक्नुपर्छ ।
स्टेजमा महिला बनेर जाँदा त केटाहरूलाई धेरै छुन खोज्ने, धेरै जिस्किने गर्छन् भनेर सुनिन्छ । रियल महिलाहरू कति पेलिन्छन् होला ? हाम्रो समाजले कति पेल्छ ? हामीलाई कति समाजमा बाँच्न गाह्रो छ भन्ने कुरा ।
यसको लागि पुरुषहरूलाई नै पुरुषहरूले यो कुरामा सहज बनाउनुपर्छ।
प्रतिक्रिया 4