Comments Add Comment

इटालीसँग ईयूले माग्यो माफी

इटालीमा कोरोना भाइरस (कोभिड–१९) शुरु हुँदा सहयोग गर्न नसकेकोमा ईयूलेले माफी मागेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यूरोपेली संसदमा बोल्दै त्यतिबेला कोही पनि तयारी अवस्थामा नरहेको बताएकी हुन् ।

उनले इटालीलाई शुरुवातमा सहयोग चाहिएको अवस्थामा कसैले सहयोग नगरेको पनि उनले स्वीकार गरेकी छिन् । यसको लागि समग्र युरोपले इटालीसँग माफी माग्नु जरुरी रहेको बताएकी हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को कारण अहिलेसम्म इटालीमा २१ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । मार्चको शुरुमा इटालीमा कोभिड–१९ नियन्त्रणको लागि संघर्ष गरिरहेको अवस्थामा फ्रान्स र जर्मनीले भने मास्क निर्यातमा रोक लगाउने निर्णय गरेका थिए ।

यूरोपेली आयोगले यस्तो कामले कामले यूरोपमा महामारी नियन्त्रणमा समस्या उत्पन्न हुन सक्ने चेतावनी दिएको भए पनि उनीहरुले मास्क निर्यातमा रोक लगाउने निर्णय गरेका थिए । इटालीले यस विषयमा असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment