Comments Add Comment

कोरोनाका कारण एक विश्व चर्चित चिलियन लेखकको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण चिलीका एक चर्चित लेखक लुइस सेपल्वेदाको मृत्यु भएको छ । स्पेनमा निर्वासित जीवन बिताउँदै आएका उनको ७० वर्षको उमेरमा बिहीबार ज्यान गएको हो ।

पोर्चुगलमा आयोजित एक साहित्य सम्मेलनबाट फर्किएका उनमा कोरोनाको लक्षण देखिएपछि केहीदिन अघि मात्रै ओभिइडोको अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

उनले सन् १९८८ मा आफ्नो उपन्यास ‘द ओल्ड म्यान हु रिड लव स्टोरिज’ प्रकाशित गरेपछि विश्व चर्चित बन्न पुगेका थिए ।

उनी एक समाजवादी लेखक हुन् । उनले निर्वासनमा जानुभन्दा पहिले जनरल अगस्टो पिनोचेटको सैनिक शासनमा चिली भित्रै लामो समय कैद जीवनसमेत बिताएका थिए ।

उनी सन् १९७३ मा समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेलाई हटाउने दक्षिणपन्थी सैनिक प्रमुखको निसानामा परेका धेरै वामपन्थी लेखक, कार्यकर्ता र बौद्धिक व्यक्तिहरूमध्येका एक साहित्यकार हुन्।

उनी सन् १९७३ मा सेपल्वेद देशद्रोहको आरोपमा जेलमा परेका थिए। उनले साढे दुई वर्ष जेलमा बिताए । पछि अधिकार समूह एम्नेस्टी इन्टरनेसनलको दबाबका कारण उनलाई जेल मुक्त गरियो । पछि फेरि गिरफ्तार गरी निर्वासनमा पठाइनुभन्दा पहिले एक वर्ष उनलाई चिलीमा नै राखिएको थियो ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment