+
+
Shares

आईएमएफद्वारा पाकिस्तानलाई एक अर्ब ३९ करोड डलर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १०:४५

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट पार पाउन करिब एक अर्ब ३९ करोड डलर सहयोग प्रदान गर्ने भएको छ । बिहीबार आईएमएफले पाकिस्तानलाई उक्त सहयोग दिने निर्णय पारित गरेको हो ।

पाकिस्तानले कोरोना भाइरससँगको लडाइँमा मुलुकको अर्थतन्त्रलाई सन्तुलनमा राख्न भन्दै आईएमएफसँग सहयोगको लागि आग्रह गरेको थियो । सो अनुरोधलाई आईएमएफले पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको हो । आईएमएफको र्‍यापिड फाइनान्सियल इन्स्ट्रुमेन्ट (आरएफआई) अन्तर्गत तत्काल भुक्तानीलाई सन्तुलनमा राख्न पाकिस्तानलाई यो सहयोग प्रदान गर्ने निर्णय भएको हो ।

यो सहयोग पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउन, लक्षित बजेटको लक्ष्य पूरा गर्न र आन्तरिक खर्च बढाउन प्रयोग हुने बताइएको छ । यसबाट पाकिस्तानलाई अर्थतन्त्रमा महामारीको असर न्यूनीकरणमा सहयोग पुग्ने आईएमएफको विश्वास छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?