+
+
Shares

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १६:५९

५ वैशाख, काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

यसैबीच राष्ट्रपति भण्डारीले महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?