Comments Add Comment

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण

५ वैशाख, काठमाडौं । बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ ।

त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

दूतावासका  दामोदर दाहालका अनुसार फरक-फरक श्रमिक क्याम्पमा बसेकाहरुमा परीक्षण गर्दा संक्रमण पुष्टी भएको बताए । दूतावासले संक्रमित कामदारहरूको परिचय र उनीहरु काम गर्ने कम्पनीहरूको नाम गोप्य राखेको छ ।

‘कोही सँगै बस्नेहरु संक्रमित भएका छन्, कोही संक्रमितलाई भेटेकाहरु पनि छन्,’ दाहालले भने,’यहाँको ट्रेसिङ र स्क्रीनिङ सिस्टम ज्यादै राम्रो छ । यहाँ आशंका गरिएकालाई तुरुन्तै स्तरीय तवरमा क्वारेन्टाइन गरेर परीक्षण गरिने भएकाले विरामी छ भने भेटिहाल्ने अवस्था छ ।’

दाहालले बहराइन खाडी मुलुकभित्रको भ्रमणको लागि आकर्षक गन्तब्य भएको र यहाँ कार्यरत नेपालीहरुले विदेशबाट आएकाहरुलाई आतिथ्यता दिनुपर्ने कारणले नेपाली संक्रमित धेरै भएको हुनसक्ने बताए ।

‘यहाँ संक्रमण भएपछि उपचार पनि निकै राम्रोसँग हुन्छ, विश्व स्वास्थ्य संगठनले नै बहराइनको उपचार शैलीको प्रशंसा गरेको छ,’ उनले भने,’बिरामीहरुलाई कुनै प्रकारको खतरा हुँदैन भन्ने हाम्रो विश्वास छ ।’

दूतावासले बहराइनमा मृत्युदर कम भएको र उपचार पनि राम्रो भएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

पूजाको आक्रोश

Advertisment