+
+
Shares

सरकारसँग नाजिरको यस्तो अपिल

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते १३:०७

लकडाउनका कारण कलाकारहरू घरमै छन् । काम सबै ठप्प भएपछि कलाकारहरूले सामाजिक सञ्जालको माध्यमबाट जनतालाई सचेत बनाउने काम मात्र गरेका छैनन्, सरकारलाई पनि खबरदारी गरिरहेका छन् ।

अभिनेता नाजिर हुसेनका पोस्टहरूमा पनि सरकारलाई खबरदारी गरिएको देख्न सकिन्छ ।

लकडाउन भएका कारण पनि अहिले जनताहरू हिडेरै आफनो घरसम्म पुगिरहेका छन् । तर, कतिपय ठाउँमा घर जाँदै गरेका नागरिकले सास्ती भोग्नु परेको खबरहरू पनि सार्वजनिक भइरहेका छन् ।

नायक हुसेनले प्लेकार्ड बोक्दै लेखेका छन्–‘सत्ता तपाई‌ंसँगै छ, शक्ति तपाईंसँगै छ । अनि लौरो पनि तपाईंसँगै छ ।’

नाजिरले सत्तामा बसेर यसको दुरुपयोग नगर्न सरकारलाई अपिल गरेको बुझ्न सकिन्छ । सत्ता र शक्ति जनताका लागि प्रयोग गर्न उनले सरकारलाई अपिल गर्न खोजेका छन् ।

नाजिरले केही दिन अगाडि प्लेकार्डमा ‘कि खाना देऊ, कि जान देऊ’ लेखेको देखाउँदै तस्वीर खिचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?