Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

ट्रम्पले आर्थिक सहयोगका लागि डेमोक्रेट पार्टीका नेताहरुसँग छलफल गर्ने

८ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४१ हजार ३७९ जनाको मृत्यु भएको हो ।

७ लाख ६९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म ४१ लाख ८० हजार अमेरिकी नागरिकमा कोरोना भाइरस टेष्ट गरिएको जानकारी दिए । उनले बढीभन्दा बढी व्यक्तिको परीक्षण गरिने पनि बताए ।

उनले अमेरिकाले जति परीक्षण अरु कुनै पनि देशले नगरेको दाबीसमेत गरे ।

साथै कोरोनाविरुद्ध लड्न आवश्यक आर्थिक सहयोगका लागि डेमोक्रेट पार्टीका नेताहरुसँग छलफल गर्ने जानकारी पनि ट्रम्पले दिएका छन् ।

उनले महामारी फैलिनबाट रोक्नका लागि भूमिका खेलेको भन्दै न्यूयोर्कका गभर्नर कुमोलाई धन्यवादसमेत दिएका छन् ।

‘न्यूयोर्कको स्थिति पहिलेको भन्दा राम्रो’

अमेरिकामा कोरोना भाइरस संक्रमणको केन्द्र न्यूयोर्क हो । यद्यपि न्यूयोर्कमा भने नयाँ संक्रमितको संख्या घटिरहेको त्यहाँका गभर्नर एन्ड्रयु कुमोले बताएका छन् ।

उनले भनेका छन्, ‘यदि कोरोना संक्रमणका नयाँ बिरामीको संख्या यसैगरी घटिरह्यो भने न्यूयोर्कको स्थिति पहिलेको भन्दा राम्रो हुँदै गएको मान्नुपर्छ । तर यो स्थिति यस्तै रहन्छ कि रहँदैन भन्ने कुरा अहिल्यै केही भन्न सकिँदैन ।’

साथै उनले आगामी सातादेखि न्यूयोर्क राज्यभर कोरोनाको एन्टीबडी टेस्टिङ अभियान सुरु गरिने बताएका छन् । संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन हरेक हप्ता १४ हजार जनाको कोरोना टेस्ट गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment