+
+
Shares

संविधानको पाङ्ग्रा फुकाल्न अध्यादेश ल्याइयो : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते १९:३८

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले संविधानको आधारभूत मान्यता विपरीत दुईवटा विधेयक ल्याएको बताएका छन् ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णय गरेको छ ।

यी अध्यादेशले संविधानको आधारभूत जगमै प्रहार गरेको डा. रिजाल बताउँछन् । उनी भन्छन्, ‘यसरी एकपछि अर्को पाङ्ग्रा खुस्काउँदै जाने हो भने कसरी गुड्छ संविधानको रथ ?’

‘यी दुवै अध्यादेश संंविधानको आधारभूत मान्यता विपरीत छन्’ डा. रिजाल भन्छन्, ‘नेपालका लागि धेरै दुःख गरेकामध्ये एक नेता प्रधानमन्त्री भएका बेला लोकतन्त्रलाई सकस पुर्‍याउने यस्तो अध्यादेश आउला भन्ने कल्पना पनि गरेका थिएनौँ ।’

संवैधानिक परिषद्मा विपक्षीको सहमतिविना निर्णय गर्नका लागि यस्तो अध्यादेश ल्याइएको उनको भनाइ छ । उनी सरकारको यो निर्णयले राहतको प्रतिक्षामा रहेका जनतालाई आहत तुल्याएको बताउँछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?