Comments Add Comment

आफ्नै युट्युब च्यानलबाट विगतलाई सम्झिदै निरुता

नायिका निरुता सिंह यतिबेला मुम्बईमा छिन् । उनी, करिब ८ बर्षपछि नेपाली चलचित्रमा फर्किइन र केही चलचित्रमा काम पनि गरिन । उनी अभिनित चलचित्र ‘दाल भात तरकारी’ गतबर्ष रिलिज भयो ।

उनले चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा काम गरिन भने चलचित्र ‘नाई नभन्नु ल ५’मा पनि अतिथी कलाकारको रुपमा काम गरिन ।

नेपाली चलचित्र क्षेत्रमा एक दशक अगाडि नायिका निरुता सिंहको क्रेज लोभलाग्दो थियो । निरुतालाई लिएर चलचित्र बनाउन निर्माताले लामो समय पर्खिन्थे । निरुतालाई अहिले पनि रुचाउने दर्शकको संख्या कम छैन ।

लक डाउनको समयमा घरमै रहेकी निरुतालाई नेपाली चलचित्रको यादले खुबै सताएको बुझ्न सकिन्छ ।

उनले, आफ्नै नाममा युट्युब च्यानल संचालनमा ल्याएकी छिन् । निरुताको युट्युब च्यानलमा उनले विगतमा काम गरेका चलचित्रको छायांकनका विभिन्न दृश्यहरु हेर्न सकिन्छ ।

छायांकनको समयका पर्दा पछाडिका दृश्य समावेश गर्दै निरुताले दर्शकलाई आफूसँग जोड्ने प्रयास गरेकी छिन् ।

साथै, निरुताले घरमै रहन र सुरक्षित रहन पनि अपिल गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment