Comments Add Comment

तबलिगी जमातीलाई कोरोना परीक्षण गराउन मुस्लिम संघको अपिल

अब्दुल सत्तार, अध्यक्ष, मुस्लिम संघ नेपाल

१० वैशाख, काठमाडौं । मुस्लिम संघ नेपालले तबलिगी जमातीहरूलाई तत्काल कोरोना भाइरस परीक्षण गराउन अपिल गरेको छ । जमातीहरूले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला चलेपछि मुस्लिम संघले स्थानीय तहको सम्पर्कमा गएर कोरोना परीक्षण गराउन भनेको हो ।

संघका अध्यक्ष अब्दुल सत्तारले भने, ‘अझै पनि समय छ । नेपालमा रहेका तबलिगीका अगुवा साथीहरू कुन-कुन जिल्लामा को कहाँ छन् उनीहरूलाई तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर र्‍यापिड टेस्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु।’

अध्यक्ष सतारले तबलिगी जमातीहरू संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन पनि आग्रह गरे ।

जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिँड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उनले आग्रह गरे ।

अध्यक्ष सतारले लकडाउन पालना गर्दै यस वर्षको रमदानमा घरमै बसेर नमाज पढ्न आह्वान पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment