
१० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको लागि प्रयोग गरिएको र्यापिड टेस्ट किटमा प्रश्न उठेसँगै भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले दुई दिन यो परीक्षण रोक्ने निर्णय गरेको छ ।
आईसीएमआरका अनुसार कोरोनाको परीक्षणको क्रममा आईटीपीसीआरको पोजेटिभ नमुनामा धेरै फरक आएको पाइएको हो। अब यी र्यापिड किट्सको परीक्षण आईसीएमआरका आठ इन्स्टिच्युटले यी किट्सहरुको परीक्षण गर्नेछन् ।
त्यसपछि मात्र नयाँ दिशानिर्देश दिइने छ । यसअघि राजस्थान लगायत केही राज्यले र्यापिड टेस्ट किटको विषयलाई लिएर प्रश्न उठाएका थिए ।
आईसीएमआरका अनुसार र्यापिड टेस्ट र आईटीपीसीआरको पोजेटिभ नमुनामा ६ देखि ७१ प्रतिशतसम्मको अन्तर पाइएको हो । र्यापिड टेस्टमा केही फरक देखिनु सामान्य हो तर यस किसिमको अन्तरको विषयमा भने अनुसन्धान गर्नुपर्ने आईसीएमआरका अधिकारीले बताएका छन् ।
अधिकारीका अनुसार दुई दिनमा हुने अनुसन्धानमा कुनै किसिमको खराबी देखिए सम्बन्धित कम्पनीलाई उक्त परीक्षण किट्स फिर्ता गरिनेछ ।
भारतको राजस्थान राज्यमा र्यापिड टेस्ट किटको प्रयोगमा रोक लगाइसकेको छ । केवल पाँच प्रतिशत मात्र सही नतिजा दिएको खुलेसँगै राजस्थानमा यो किटको प्रयोगमा रोक लगाइएको थियो ।
स्रोत : एनडीटीभी
प्रतिक्रिया 4