
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज । फाइल फोटो
१० वैशाख, काठमाडौं । स्पेनले मे महिनाको मध्यसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले मेको मध्यसम्म लकडाउन लम्ब्याउने तयारी गरिरहेको बताएका हुन् । संसदमा बोल्दै उनले लकडाउन बिस्तारै हटाउँदै लैजाने पनि बताए ।
मे ९ मा स्पेनमा घोषणा गरिएको आपतकालीन अवस्था जारी रहने उनको भनाइ छ । स्पेनले गत मार्च १४ मा मुलुकमा बढ्दो कोरोना भाइरसलाई मध्यनजर गर्दै लकडाउन गर्ने निर्णय गरेको थियो ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले स्पेनमा दुई लाख ८ हजारभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । साथै यसबाट मृत्यु हुने मानिसको संख्या पनि २१ हजार सत सय १७ पुगिसकेको छ ।
स्पेन कोरोनाबाट युरोपमा सबैभन्दा धेरै प्रभावित मुलुक हो ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4