Comments Add Comment

प्रदेश ५ ले विपद् कोषको रकम कोरोना जोखिम व्यवस्थापनमा खर्च गर्ने

१० वैशाख, बुटवल । प्रदेश ५ सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकम कोरोना भाइरस जोखिम व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले कोषमा रहेको रकमबाट  कोरोना रोकथामका लागि आवश्यक काम गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई ७८ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

सरकारले तराईका ६ जिल्लालाई ८ लाख र पहाडी ६ जिल्लालाई ५ लाख रुपैयाँका दरले रकम दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बैठकले २०७७ सालमा प्रदेशले दिने ६ दिनको विदा सम्बन्धी निर्णय पनि गरेको छ । जस अनुसार  बकर इदमा एक दिन, माघी अर्थात माघे संक्रान्तिमा (माघ १ र २ गते) दुई दिन, फागुन ३ गते प्रदेश स्थापना दिवसमा एक दिन विदा दिने निर्णय गरेको छ । यस्तै स्थानीय तहको निर्णयबाट स्थानीय तहलाई एक दिन विदा दिन सक्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी निश्चित पर्व मनाउने समुदाय र ठाउँमा दिने विदा अन्तर्गत रुकुम, रोल्पाका मगर समुदायलाई भूमे पूजाका दिन एक दिन, थारु समुदायलाई बडकवा अतवारीमा एक दिन र भगवती जात्राका दिन पाल्पा जिल्लामा एक दिन विदा दिने निर्णय भएको छ ।

प्रदेश सरकारले बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाएको समेत प्रेस सल्लाहकार केसीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment