+
+
Shares

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १८:१४

९ वैशाख, काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।

त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो ।

अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।

उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

योसमेत अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?