
१० वैशाख, काठमाडौं । थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन् । उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा नेपाल आएका थिए ।
पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि लाई बुधबार नै डिस्चार्ज गर्ने निर्णय भएको थियो । तर आफन्तहरु लिन आउन नभ्याएपछि घर जान पाएनन् ।
यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको बेदकोट नगरपालिका-९ सुन्दरपुरका ईन्द्रबहादुर बिक पनि निको भएर घर फर्किएका छन् ।
तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किएका हुन् । चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि २२ गते उनलाई सुन्दरपुरबाट धनगढी ल्याइएको थियो ।
उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघि विदेशबाट आएका एक जनामा संक्रमण भएको थियो । संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उप-महानगरपालिका-५ का ३४ वर्षीय अमृत शाहीलाई निको भएर घर फर्किसकेका छन् ।
अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिलाको मात्रै उपचाररत छन् ।
प्रतिक्रिया 4