
१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरी त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य पेशामा रहेका नागरिकको सुरक्षाका बारेमा चासो राखेका छन् ।
प्रधानमन्त्रीले बुधबार दिउँसो साइप्रसपाका राष्ट्रपति निकोस अनास्टासिदेशसँग टेलिफोन संवाद गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ओलीले सो संवादमा नेपाली विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरुको बारेमा चासो राखेका हुन् ।
साइप्रसका राष्ट्रपतिले नेपालीहरुको उपयुक्त हेरबिचार भइरहकेो र कुनै अप्ठेरो पर्न नदिने भनी आफूलाई आश्वस्त पारेको प्रधामनन्त्री ओलीले ट्वीट गर्दै जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4