News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद पार्वती विकले गृहमन्त्रीलाई "जीबी राईजस्ता केही मान्छेहरू छन्, यी कहिले सम्पर्कमा आउँछन् ? राजदरबार हत्याकाण्डको अनुसन्धान कसरी गर्नुहुन्छ ?" भनी प्रश्न गरिन् ।
- सहकारीको बचत हिनामिना गरेको आरोपमा प्रहरीले १४ भदौ २०८० देखि खोजी गरिरहेका फरार प्रतिवादी जीबी राई हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
४ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले गृहमन्त्री सुधन गुरुङलाई जीबी राई कहिले सम्पर्कमा आउँछन् ? भन्दै प्रश्न गरेकी छिन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको विनियोजन शिर्षकमाथि प्रश्नको जवाफ दिएपछि सांसद विकले प्रष्टिकरण माग गर्दैगर्दा यस्तो प्रश्न गरेकी हुन् ।
१४ भदौ २०८० मा सहकारी बचतकर्ताको रकम हिनामिना गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यसमध्ये केही पक्राउ परेपनि राईलाई सरकारले नियन्त्रणमा लिन सकेको छैन ।
‘जीबी राईजस्ता केही मान्छेहरू छन्, यी कहिले सम्पर्कमा आउँछन् ? राजदरबार हत्याकाण्डको अनुसन्धान कसरी गर्नुहुन्छ ?,’ उनको प्रश्न थियो ।
उनले प्रहरीको मनोबल बढाउने विशेष कार्यक्रम ल्याउन समेत सुझाव दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4