Comments Add Comment

सुदूरपश्चिममा १० हजार बढीको र्‍यापिड टेस्ट, ९ जनाको रिपोर्ट पोजेटिभ

१२ वैशाख कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जनामा र्‍यापिड डाइग्नोस्टिक (आरडिटी) टेस्ट रिपोर्ट पोजेटिभ देखिएकाे छ।  १० हजार २०४ जनामा गरिएको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।

बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा दुई-दुई जना तथा अछाममा एक जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए ।

९ जना मध्ये ६ जनाको पीसीआ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

यो अवधिमा दुई हजार ६६५ पीसीआर परीक्षण गरिएकोमा पाँच जनामा संक्रमण भएको पुष्टि भएको थियो । ती मध्ये चारजना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment