Comments Add Comment

डच फुटबल लिग रद्द

१२ वैशाख काठमाडौं । नेदर ल्याण्ड्सको शीर्ष डिभिजनको फुटबल लिग दी एरेडिभिज रद्द भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारण सेप्टेम्बर १ सम्म त्यहाँको सरकारले मुख्य इभेन्टहरु स्थगित गरेपछि नेदरल्याण्ड्सको लिग रद्द गरिएको छ ।

यसको अर्थ अब २०१९-२० को सिजनमा कुनै क्लब च्याम्पियन हुने छैन भने रेलिगेसन पनि हुने छैन । यस्तै दोस्रो श्रेणीबाट कुनै क्लब प्रमोसन पनि हुने छैन ।

नेदरल्याण्ड्स पुटबलको गभर्निङ बडी केएनभिबीले अहिलेको अवस्थामा २०१९-२० को सिजन खेल्न असम्भव भएको जनाएको छ ।

लिगमा अयाक्स र एजेड अल्कमार समान अंक जोड्दै उपाधि होडमा थिए । तर गोलअन्तरमा अयाक्स शीर्ष स्थानमा थियो ।

अब अयाक्स र अल्पमार दुवै टिम युरोपियन च्याम्पियन्स लिगको क्वालिफाइङ स्टेजमा पुग्ने बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment