Comments Add Comment

राष्ट्रपतिसँगको खटपटपछि ब्राजिलका न्यायमन्त्रीले दिए राजीनामा

१३ वैशाख, काठमाडौं । ब्राजिलका न्यायमन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् । राष्ट्रपति जेयर बोल्सोनारोसँगको खटपटपछि शुक्रबार उनले राजीनामा दिएका हुन् ।

पूर्वन्यायाधीशसमेत रहेका मोरो ब्राजिलमा निकै लोकपि्रय थिए । मोरोनाले न्याय प्रणालीमाथि राजनीतिक हस्तक्षेप गरेको भन्दै राजीनामाको घोषणा गरेका हुन् । राष्ट्रपतिले प्रहरी प्रमुखलाई हटाएसँगै न्यायमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

मोरोले बोल्सोनारोले प्रहरीमा सर्वोच्च अदालतको आन्तरिक सूचना तत्कालै आफूलाई दिन सक्ने मानिसलाई ल्याउन खोजेको आरोप लगाएका छन् । यस विषयमा बोल्दै राष्ट्रपति बोल्सोनारोले भने यो आरोप आधारहीन रहेको बताएका छन् । यद्यपि सरकारी वकिलले भने सर्वोच्च अदालतले मोरोले लगाएको आरोपबारे अनुसन्धानको माग गरेका छन् ।

यसअघि बोल्सोनारोले कोरोना भाइरस (कोभिड-१९) को महामारीको व्यवस्थापनको विषयलाई लिएर स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका थिए । उनले ब्राजिलका जनतालाई भौतिक दुरी कायम राख्न आग्रह गर्दै आएका थिए ।

ब्राजिलका राष्ट्रपतिले सन् २०१८ को निर्वाचनमा भ्रष्टाचारको मुद्दालाई अघि सारेका थिए । तर, अहिले उनी आफैं भ्रष्टाचाको मुद्दा प्रभावित गर्न प्रहरी परिचालन गर्ने निर्णयमा पुगेको मोरोको आरोप छ । ब्राजिलमा मोरोले सबैभन्दा ठूलो भ्रष्टाचारको मुद्दाका दोषीलाई जेल पठाएका थिए ।स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment