+
+
Shares

रामेछाप अस्पताललाई स्वाब कलेक्सन बुथ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते १२:४९

१३ वैशाख, रामेछाप । नेपाल इञ्जिनियर एसोसियसन बागमती प्रदेशले जिल्ला अस्पताल रामेछापलाई स्वाब कलेक्सन बुथ उपलब्ध गराएको छ ।

कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन गर्न एसोसिएसनले कलेक्सन बुथ अस्पताललाई शुक्रबार उपलब्ध गराएको हो ।

सुरक्षित रुपमा स्वाब संकलन गर्न एसोसिएसनले सहयोग गरेको बुथ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनलाई हस्तान्तरण गरेकी हुन् ।

यसैबीच रामेछापमा रहेकोे नेपाली सेनाको नयाँ गोरख गणले एकपटक मात्र प्रयोग गर्न सकिने प्लास्टिकको पीपीई उत्पादन गरेको छ । कोरोना संक्रमितको उद्धारमा खटिँदा प्रयोग गर्न सकिने उदेश्यका साथ सेनाले प्लास्टिकको पीपीई उत्पादन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?