Comments Add Comment

​गुराँस लाइफको बीमा शुल्क इसेवामार्फत् भुक्तानी गर्न सकिने

१३ वैशाख, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवामार्फत् भुक्तानी गर्न सकिने भएको छ ।

यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘ हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौँ । यस किसिमको सहकार्यले बमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ’ ।

२०६४ सालमा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले गुराँस सावधिक जीवन बीमा योजना, गुँरास अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना, गुँरास जीवनश्री (सावधिक र आजीवन) बीमा योजना, गुँरास बाल सुरक्षा जीवन बीमा योजना, गुराँस संजीवनी अग्रिम भुक्तानी जीवन बीमा योजना, गुराँस जीवन रक्षक (सीमित भुक्तानी सावधिक जीवन बीमा योजना) जस्ता बीमा योजना सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment