Comments Add Comment

सिटिजन लाइफको प्रिमियम अब फोन पेमार्फत

१३ वैशाख, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकवर्गहरुले सहज रुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एपमार्फत आफ्नो पि्रमियम तिर्न सकिने सेवा फोन पेको शुभारम्भ गरेको छ ।

अनलाईन पेमेन्ट सिस्टम फोन पेको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहजरुपमा भुक्तानी गर्न सकिनेछ ।

कम्पनीले सदैब आधुनिक तथा नविनतम प्रबिधिलाई ग्राहकको सेवामा ल्याउने योजनाअनुसार अघि पनि ईसेवा तथा डिजिटल बैंकिङमार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो । यस फोन पे एपले बीमा शुल्क तिर्न थप विकल्प हुनुका साथै अझै थप सहजता प्रधान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment