+
+
Shares

सिरहामा टिपर पल्टिंदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुर्घटना बिहान पौने ६ बजेतिर बागमती प्रदेशको टिपर अनियन्त्रित भएर पल्टिएको थियो।
  • घटनाको थप अनुसन्धान भइरहेको छ।

३० वैशाख, जनकपुरधाम । सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो ।

महराको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए ।

यसअघि प्रहरीले मृतक चालक भएको बताए पनि उनी स्थानीय व्यक्ति भएको खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?