+
+
Shares

चोरमारामा पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते ७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वपश्चिम राजमार्गअन्तर्गत गिरिबारी पुल भासिएपछि वैकल्पिक सडकमार्फत सवारी सञ्चालन गरिएको छ।
  • पुल भासिएपछि राति १२ बजेदेखि नै वैकल्पिक मार्गहरू प्रयोग गरी यातायात व्यवस्था मिलाइएको छ, तर ठूला गाडीहरूलाई समस्या भएको छ।
  • यसअघि २०८१ सालको पुस महिनामा पनि विनयी खोला पुल भाँचिएको थियो, जसमा ओभरलोड ट्रक जिम्मेवार रहेको थियो।

३० वैशाख, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी साधन सञ्चालन गरिएको छ ।

पुल भासिएर राजमार्ग पूर्ण रुपमा बन्द भएपछि सोमबार राति १२ बजेदेखि नै वैकल्पिक सडक खुलाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिणतर्फ लागि तम्सरिया गाउँबाट खोला (हाल पानी नभएको) तरी रानीटार हुँदै फूलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिनेछ ।

पश्चिमबाट आएका सवारी साधनको हकमा फूलबारीबाट दक्षिणतर्फ लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने वैकल्पिक बाटोहरुको प्रयोग गरी हाल सञ्चालन भएको प्रहरीले जनाएको छ ।

टेलरलगायतका ठूला गाडीहरु भने भित्री सडकमा मोड नपुग्ने भएकोले सञ्चालनमा समस्या भएको छ । ती सवारी साधनलाई अन्य वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले भनेको छ ।

चोरमारामा सोमबार राति ट्रक गुडिरहेको बेलामा पुल भासिएको थियो । १८ चक्के ट्रकले गाडी पार गर्न खोज्दा पुल भासिएको थियो ।

यसअघि २०८१ सालको पुस महिनामा पूर्वीनवलपरासीकै विनयी खोला पुल भाँचिएको थियो । त्यतिबेला पुल भाँचिनुमा ओभरलोड ट्रक जिम्मेवार भएको भन्दै स्थानीय व्यवसायीले त्यस्ता गाडीको नियमन र नियन्त्रणको माग राखेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?