+
+
Shares

पूर्वी नवलपरासीमा पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते २१:५९
पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । तस्वीर : सडक डिभिजन कार्यालय भरतपुर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वपश्चिम राजमार्ग नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएर पूर्णरूपमा अवरुद्ध भएको छ।
  • प्रहरीले जानकारी दिए अनुसार, पुल भासिएपछि राजमार्गमा यातायात सञ्चालन बन्द भएको छ।
  • यसले यातायात सेवा प्रभावित भएको र आवश्यक मर्मतको काम सुरु हुने अपेक्षा गरिएको छ।

२९ वैशाख, काठमाडौं । पूर्वी नवलपरासीको चोरमारास्थित गिरूबारी पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदीप भण्डारीले पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बताए ।

एउटा भारतीय ट्रकले पार गर्ने क्रममा पुल दबेको थियो । प्रत्यक्षदर्शीका अनुसार पुलमा क्र्याक देखिएको छ ।

त्यसपछि दुवैतर्फका सवारी साधन रोकिएको हो । ‘पुल थोरै लच्किएको छ । सडक डिभिजनलाई पनि खबर गरिएको छ,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘अहिले स्थलगत अनुगमन भइरहेको छ । तत्काल दुईतर्फ नै सवारी रोकिएको छ ।’

१८ चक्के ट्रकले गाडी पार गर्न खोज्दा पुल भासिएको उनले बताए ।

यसअघि २०८१ सालको पुस महिनामा पूर्वीनवलपरासीकै विनयी खोला पुल भाँचिएको थियो ।

त्यतिबेला पुल भाँचिनुमा ओभरलोड ट्रक जिम्मेवार भएको भन्दै स्थानीय व्यवसायीले त्यस्ता गाडीको नियमन र नियन्त्रणको माग राखेका थिए । तर सो माग सुनुवाइ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?