+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पूर्वी नवलपरासीको वनमा ८ मृग मृत फेला

एकैपटक ठूलो संख्यामा मृत फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान अगाडि बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते ९:४६

२० मंसिर, चितवन । पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत फेला परेका छन् ।

देवचुली नगरपालिका– १३ मा रहेको वनमा मृगहरु मृत फेला परेका हुन् । एकैपटक ठूलो संख्यामा मृत फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान अगाडि बढाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार शुक्रबार मृत भेटिएका मृगहरुको पोस्टमार्टम गरी नमूना संकलन गरिएको छ । ती नमूना राट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा पठाउने तयारी छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने छ ।

‘मृत्युको मानवीय कारण हो वा प्राकृतिक हो भनेर पत्ता लगाउन पोष्टमार्टम रिपोर्ट हेर्नुपर्छ, त्यसको लागि नमूना संकलन गरिसकेका छौं,’ निकुञ्जका सूचना अधिकारी थापामगरले भने ।

उनका अनुसार रिपोर्टपछि कुनै विषालु घाँस खाएर हो वा मानिसले मार्ने उद्देश्यले विष राखिदिएको हो भन्ने पत्ता लाग्नेछ ।

उनका अनुसार यसभन्दा अघि यति ठूलो संख्यामा मृगहरु मृत फेला परेका थिएनन् । ‘यस घटनाले हामीलाई दु:खी तुल्याएको छ, अनुसन्धान गरी दोषी पत्ता लगाएर कारबाही अघि बढाउँछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?