+
+
Shares

सांसद ‘अपहरण’मा संलग्नलाई कारबाही गर्न संयुक्त विद्यार्थीको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते १९:१०

१३ वैशाख, काठमाडौं । दल विभाजन गर्ने उद्देश्यले पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरिएको घटनाको छानबिन गर्न विद्यार्थी संगठनहरूले माग गरेका छन् ।

कोरानाले मुलुक आक्रान्त भइरहेको बेला लकडाउनको मौका छोपी सांसदलाई नै ‘अपहरण’ गरिनु अपराधिक कार्य भएको भन्दै विद्यार्थी संगठनहरूले घटनाको छानबिन गर्न माग गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, दुईवटा अखिल (क्रान्तिकारी) र राप्रविसंघले संयुक्त रुपमा विज्ञप्ति जारी गरी कानुनी कारबाहीको माग गरेका हुन् ।

केही दिनअघि मात्रै समाजवादीका सांसद यादवलाई पूर्वमन्त्री महेश बस्नेत, पूर्वडीआईजी सर्वेन्द्र खानाल र सांसद किसान श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्नै पर्‍यो भन्दै जनकपुरबाट काठमाडौं ल्याएका थिए ।

सांसद यादवले आफूलाई दबाब दिएर काठमाडौं ल्याएर होटेल म्यारियटमा राखिएको बताएका छन् । पछि उनी होटेलबाट फुत्किएर पार्टीको सम्पर्कमा पुगेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?