Comments Add Comment

थप ४ जना कोरोना संक्रमित निको भएर फर्किए

१४ वैशाख, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) का थप ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।

आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित  निको भएर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरूमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तथ्यांकमा काेराेना - नेपाल

संक्रमित ५२
निको भएको१६
मृत्यु
अपडेटः २०७७ वैशाख १४ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

उनीहरूको चौथो र पाँचौं  रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍औं दिनमा डिस्चार्ज भएका हुन् ।

तीन भारतीयमा ३० चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूलाई मुस्लिम आयोगले जिम्मा लिनेगरी डिस्चार्ज गरिएको अस्पतालले बताएको छ ।

आयोगले छपकैयास्थित एक घरमा राख्ने बताएको छ ।

यस्तै, १६ चैतमा भारतबाट नेपाल आएका रौतहटका युवकमा १ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी आइतबार नै घर फर्किएका छन् ।

हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३५ जना उपचाररत छन् भने १६ जना निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment