Comments Add Comment

चट्याङ लागेर अछाममा युवतीको मृत्यु , २ जना घाइते

१४ वैशाख कैलाली । चट्याङ लागेर अछाममा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाँउपालिकाको वडानम्बर ३ ठाँटीकी २३ वर्षीया अनितादेवी शाहको चट्याङ लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

चट्याङ लागेर अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीय सीतादेवी शाह र ३ वर्षीय कल्पना शाह रहेका छन् ।

उनीहरुको स्थानीय स्वास्थ केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भरतीले जानकारी दिए ।

शाहको घर नजिकै को विद्युतको पोलमा दिउँसो करिब ३ बजे चट्याङ परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment