Comments Add Comment

निर्माता बचाउन अब कलाकारले के गर्न सक्छन् ?

कोरोनाको प्रसार रोक्नको लागि आह्वान गरिएको लकडाउनका कारण देशभरका सिनेमा हललाई ठूलो घाटा लागेको समाचार आइरहँदा त्यसको मारमा निर्माताहरूले समेत आफ्नो गुनासो सुनाएका छन् । चलचित्र हल जस्तै चलचित्र रिलिज नहुँदा निर्माताहरूले समेत घाटा ब्यहोर्नु परेको गुनासो गरेका हुन् ।

रिलिजका लागि तयार भएका चलचित्रका निर्माताको घाटा पनि कम छैन । योसँगै अब नेपाली चलचित्रको लगानीमा पनि संकट उत्पन्न हुने देखिएको छ ।

पछिल्लो केही वर्षयता नेपाली चलचित्रमा एनआरएनहरुको लगानी धेरै थियो । हरेक चलचित्रका लागि नयाँ निर्माता खोज्दै चलचित्र बनाउनुपर्ने अवस्था थियो । अब, लकडाउन खुलेसँगै तत्काल एनआरएनहरूले चलचित्रमा लगानी गर्न समस्या पर्न सक्छ ।

यस्तो अवस्थामा चलचित्रको निर्माणमै कमी आउने कुरा त निश्चित छ । साथै, निर्मातालाई बचाउन पनि केही कदम चाल्नुपर्ने अवस्था आउँछ ।

यसका लागि, कलाकारहरूले पनि आफ्नो तर्फबाट सक्ने मद्दत गर्न सक्छन् । अहिले नेपालमा कलाकारको पारिश्रमिक नै उच्च छ । सामान्य पारिश्रमिकमा कलाकारले काम नै गर्न छाडेका छन् ।

यस्तो अवस्थामा अब केही समय कलाकारले आफ्नो पारिश्रमिकलाई कम गर्ने मात्र होइन, चलचित्रमा नाफाको प्रतिशत लिने गरी काम गर्न आवश्यक देखिन्छ ।

किनकि, कलाकारको महँगो पारिश्रमिकमै करोड हारहारीको खर्च गरेर निर्माताले तत्काल महँगो रकममा चलचित्र बनाउने अवस्था छैन । त्यसैले, चलचित्र निर्माण, प्रदर्शनमा मात्र होइन, काम गर्ने कलाकार तथा महँगो पारिश्रमिक लिने प्राविधिकहरूले पनि निर्मातालाई सहयोग गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment