+

फ्रान्सको लिग वान यो सिजन नहुने पक्का

२०७७ वैशाख  १६ गते २०:१५ २०७७ वैशाख १६ गते २०:१५
फ्रान्सको लिग वान यो सिजन नहुने पक्का

१६ वैशाख, काठमाडौं । फ्रान्सको लिग वान र टु यो सिजन नहुने पक्का भएका छन् । प्रधानमन्त्री एडवर्ड फिलिपले सेप्टेम्बरसम्म दर्शक नराखेर पनि कुनै खेल गतिविधि गर्न नदिने घोषणा गरेसँगै दुबै लिग नहुने पक्का भएको हो ।

यसअघि एलएफपीले भने जुन १७ बाट लिग वान र टू गराउने तषरी गरेको थियो ।

तर मंगलबार दिउँसो प्रधानमन्त्री फिलिपले मे ११ पछिको लकडाउन योजना सार्वजनिक गरेका छन्, जसमा सेप्टेम्बरसम्म सबै खेल गतिविधि रोकिनेछन् ।

अब लिग च्याम्पियन स्वतः पेरिस सेन्ट जर्मेन घोषणा हुनसक्छ किनकी अंक तालिकामा उसले १२ अंकको अग्रता लिएको छ । साथै च्याम्पियन्स लिगमा मार्सेलिए, रेनेस जानेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय