Comments Add Comment

प्रधानमन्त्रीले गरे संसद बैठक कक्ष अवलोकन

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला बुधबार बिहान संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् ।

सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ । साथै भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने राय सचिवालयले गठन गरेको कार्यदलले सुझाव दिएको छ ।

१५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो अधिवेशन आह्वान गर्नुपर्ने दबाबमा सरकार छ । बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

बजेट अधिवेशन आह्वानका विषयमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच छलफलसमेत भएको छ । छलफलका लागि सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।



 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment