Comments Add Comment

सरकारलाई विकास समितिको निर्देशन : विदेशबाट फर्किएकालाई रोजगारी देऊ

१७ वैशाख, काठमाडौं । संसदको विकास समितिले विदेशबाट फर्किनेहरुलाई रोजगारी दिने गरी विशेष राहत प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

लकडाउनअघि ठूलो संख्यामा नेपालीहरु भारतबाट घर फर्किएका थिए भने लकडाउन खुलेपछि पनि वैदेशिक रोजगारीमा रहेकाहरु नेपाल फर्किने सम्भावना छ । सरकार स्वयंले यसरी फर्किनेको संख्या ३ लाखभन्दा बढी हुने अनुमान गरेको छ ।

विकास समितिको बुधबार बसेको बैठकले यसरी विदेशबाट फर्किएका नागरिकलाई रोजगारीसहित विशेष प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

साथै लकडाउनको समयमा विकास निर्माणका काम जारी राख्न भनेको छ । सरकारले पनि विकास निर्माणका ठूला आयोजनाको काम सञ्चालन गर्ने भनेको भएपनि निर्माण सामाग्री र मजदुरको अभाव रहेको भन्दै समितिले विकास निर्माणका काम जारी राख्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले राहत वितरण दलीय आधारमा भएको गुनासो आएको भन्दै निष्पक्ष हुने गरी मापदण्ड बनाउन भनेको छ भने मजदुरहरुलाई राहत दिन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment