Comments Add Comment

पेट्रोलियम कारोबार ऐन ल्याउने तयारी

१८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित गर्नको लागि ऐन बनाउने प्रक्रिया उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाएको छ ।

पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको सैद्धान्तिक सहमति मन्त्रिपरिषद्सँग मागिएको मन्त्रालयले जनाएको छ । ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले बताइन् ।

ऐन निर्माण भए पेट्रोलियम कारोबारको बिक्री वितरण तथा नियमनको सम्पूर्ण अधिकार हुने पेट्रोलियम प्राधिकरण गठनको बाटो खुल्ने मन्त्रालयको विश्वास छ । पेट्रोलियम पदार्थ नियमन र व्यवस्थित गर्ने ऐन र शक्तिशाली प्राधिकरण नहुँदा पेट्रोलियम पदार्थ खरिद बिक्रि तथा वितरण लगायतका निर्णय विवादित हुँदै आएका छन् ।

ऐन बने नेपाल आयल निगमले गर्दै आएको इन्धनको सम्पूर्ण कारोबार नियमन गर्ने संस्था खडा हुनेछ भने निजी क्षेत्रलाई पनि इन्धनको कारोबार गर्न दिने बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment