Comments Add Comment

मौसमी सागपात : कति पोषिलो, कति स्वादिलो ?

वसन्त ऋतुको यो समयमा धेरैको करेसाबारीमा सागपात उम्रिएका हुनसक्छन्। जस्तो लट्टेको साग, बेथेको साग आदि। कतिपय ठाउँमा इस्कुस वा फर्सीको मुन्टा पनि पाइन्छ । यसैगरी गाउँघरतिर चिन्डे, निगुरो, जरिङ्गो, च्याउ जस्ता सागपात पाउने मौसम पनि हो यो ।

हुन त अहिले हाम्रो भान्सामा बेमौसमी तरकारी पनि भित्रिने गर्छ । हामीलाई पनि बेमौसमी तरकारी नै स्वादिलो लाग्छ । अर्थात् प्रतिकूल मौसममा उत्पादन गरिएका सागपातहरू धेरैले रुचाउने गर्छन् । जबकि स्वास्थ्यका लागि हामीले त्यही खानेकुरा खानु उपयुक्त हुन्छ, जुन मौसम अनुकूल होस् । जुन मौसममा धर्तीका जस्तो उत्पादन हुन्छ, त्यही खानेकुरा हाम्रो शरीरका लागि उपयोगी हुन्छ ।

अहिले भने मौसमी सागपात पाउने बेला हो। यी सागपात स्वादिलो मात्र होइन, पोषणयुक्त पनि हुन्छ।

लट्टेको साग

कतिपयलाई औधी स्वादिलो लाग्छ, लट्टेको साग । वैशाखदेखि जेठसम्मको अवधिमा लट्टेको साग पर्याप्त पाइन्छ । यो सजिलै उम्रने र हुर्कने भएकाले सस्तो पनि पर्छ । साथै, यसमा किटनाशक तत्वको प्रयोग हुने सम्भावना पनि न्यून हुन्छ ।

लट्टेको व्यवसायिक खेती गरिएको त्यति पाइँदैन । सिजनमा अनुकूल माटोमा सजिलै उम्रने भएकाले यसको व्यवसायिक खेती नभएको हुन सक्छ । जे भएपनि लट्टेको साग भने स्वास्थ्यका लागि निकै लाभदायक छ ।

लट्टेको सागमा विभिन्न किसिमका पोषक तत्वहरू पाइन्छ । यसमा खासगरी खनिज पदार्थ फलाम, क्याल्सियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

बेथेको साग

बेथेको साग दुई किसिमको हुन्छ; एक सामान्य हरियो पात भएको र अर्को पातमा रातो भएको । दुवै किसिमको साग निकै लाभदायक हुन्छ ।

खासगरी खोकी, पेटको समस्या, कब्जियत आदिमा बेथेको साग उपयोगी हुन्छ । बेथेको साग नियमित सेवन गर्दा बाथ अर्थात् युरिक एसिड, रक्त वा छालाको विकार हट्छ । बेथेको सागले शरीरभित्रको विकार हटाउन निकै सहयोग गर्छ ।

बेथेको सागमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन, मिनेरल्स, आइरन प्रचुर मात्रामा पाइन्छ। यसमा सोना धातु पनि पाइन्छ । जुन अन्य सागसब्जीमा पाइँदैन । औषधिको रुपमा बेथेको पञ्चाङ्ग अर्थात् पाँच अंग जरा, डाँठ, पात, फल र फूल प्रयोग गरिन्छ। यसको डाँठ र पातमा प्रोटिन, खनिज, भिटामिन आदि पाइन्छ ।

बेथेको सागमा सेलिनियम, ओमेग थ्री पनि पाइन्छ । अनियमित महिनावारी, कब्जियत, पत्थरी जस्ता समस्यामा बेथेको साग उपयोगी हुन्छ ।

फर्सीको मुन्टा

फर्सीको मुन्टा फाइबरको राम्रो स्रोत हो । यसले पाचनयन्त्रलाई राम्रो बनाउँछ । यसमा भिटामिन ई, सी, ए, बी, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन आदि पाइन्छ। साथै, यो आइरन, फस्फोरस जस्ता खनिज पदार्थको स्रोत पनि हो । यसमा फाइबर पनि पाइन्छ।

फर्सीको पात तथा मुन्टाको सेवनले हामीलाई कतिपय रोगको सम्भावनाबाट टाढा राख्छ । फर्सीको मुन्टा खासगरी उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता रोगबाट बच्न लाभदायक हुन्छ।

फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ। जसले शरीरमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । पाचनयन्त्रलाई तन्दुरुस्त राख्न पनि यो उपयोगी हुन्छ । यसमा पाइने पोटासियमले पाचनयन्त्रलाई चुस्त राख्न मद्दत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment