+
+

वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते १५:४०

२१ वैशाख, वीरगञ्ज । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर-३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।

उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन वडाध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।

संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदयनारायण सिंहले जानकारी दिए । संक्रमितका बुबाले उनी लकडाउनको समयदेखि नै घरमै रहँदै आएको बताएका छन्। रोजा बस्ने र नमाज घरमै पढ्ने गरेको उनको भनाइ छ ।

‘रुघाखोकी लागेको बेलामा गएर जाँच गराइदियो, त्यसैले संक्रमण देखाएको हुन सक्छ’ उनले भने ‘बाहिर कुनै सामान किन्न पसल जानेबाहेक बाहिर अन्यत्र कतै गएको छैन । लकडाउनले गर्दा जुमा नमाज समेत घरमै पढिन्छ ।’

उनको परिवारमा १७ जना सदस्य छन् । स्थानीय प्रशासनले परिवारका सदस्यलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । तीन जना जमातीमा संक्रमण भेटिएपछि सिल गरिएको छपकैया क्षेत्र शनिबार मात्रै खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?