
२१ वैशाख, काठमाडौं । भयमुक्त पत्रकारितालाई आत्मसात गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् ।
‘यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु,’ राष्ट्रपति भण्डारीले आइतबार एक ट्विट गर्दै भनेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4